Saturday, March 5, 2011

सहिद परिवारलाई अभिनन्दन गरिने

राजेन्द्र न्यौपाने
फागुन २१ गोरखा । एकीकृत ने.क.पा. माओवादी गोरखाले सहिद सप्ताहको अन्तिम दिन आज सहिद परिवाजनहरुलाई अभिनन्दन गर्ने बताएको छ । अभिनन्दित हुनका लागि गाउँगाउँबाट सहिदपरिवारका आफन्तजनहरु गोरखा सदरमुकाम आईपुगेका छन् । परिवर्तनका लागि २०५२ साल देखि भएको नेपाली जनयुद्धमा ज्यान गुमाएका सहिदका परिवारलाई अभिन्नदन गर्न लागिएको हो ।
गोरखाको सहिदगेटमा हुने कार्यक्रम आज विहान ११ बजेबाट शूरु हुने एकीकृत माओवादी गोरखाका कार्यलय सचिव अकुर तिमिल्सिनाले जानकारी दिनुभयो । गोरखामा जनयुद्धका क्रममा १८६ भन्दा बढी सहिद भएका छन भने २२ नागरिकहरु अझै बेखबर छन् । माओवादी पटक पटक सरकारमा पुग्दा र अन्य राजनैतिक दलहरुले पनि प्रतिबद्धता जनाएअनुसार काम नहुँदा न त सहिदका सपना पुरा भएका छन नत बेपत्ताहरुको नै खोजी भएको छ । यसबाट पिडित परिवारहरु रुष्ट बनेका छन् ।
हराएका आफ्ना छोराछोरी फर्कि आउने आशामा बाबुआमा बाटो कुरीरहेका छन् भने राज्यको लागि बलिदानी गरेका सहिदका बाबुआमा देशमा स्थायी शान्ति भई छोराछोरीहरुको सपना पूरा हुनेमा अझै आशावादी देखिएका छन् । परिवर्तनका लागि लडेका आफ्ना छोराछोरीहरुको उच्च मुल्याकंन हुनुपर्ने उनीहरुको माग रहेको छ । सयौंको संख्याा रहेका सहिदपरिवारजनहरु अहिले जिल्लाको हरमटारी स्थित सहिदगेटमा रहेको मार्वलप्लेटमा आफ्ना छोराछोरीहरुको नाम हेरिरहेका छन् । माओवादीले जनयुद्धमा ज्यान गुमाएका र वेपत्ता भई अझै बेखवर रहेका योद्धाहरुको नाम सहिदगेटमा लेखिराखेको छ ।

No comments:

Post a Comment