Friday, March 4, 2011

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको अध्यक्षमा यदुकुमारी मगराति

कूल तामाङ्
फागुन २० नुवाकोट। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको चौथो जिल्ला सम्मेलन विदुरमा सम्पन्न भएको छ । सम्मेलनले पुनः यदुकुमारी मगरातिको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।

पाँच वर्षे कार्यकालको लागि चयन भएको कार्यसमितिको उपाध्यक्षमा कृष्णबहादुर भुसाल, सचिवमा निरु सुचीकार, कोषाध्यक्षमा सीताराम मिजार रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा राजु मगराति, गोकर्ण रोक्का, रामबहादुर सुर्खेती, पार्वती विक, फूलमाया विक, सुनीता श्रेष्ठ (बर्देवा), र विष्णु वर्देवा चयन हुनुभएको छ ।

यस अघि अधिवेशनको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रीय सदस्य धु्रवकुमार विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । अधिवेशनले कोषाध्यक्ष सीताराम मिजारले तीन लाख ५६ हजार रुपैयाँको आर्थिक प्रतिवेदन र अध्यक्ष यदुकुमारी मगरातीले प्रस्तुत गर्नुभएको संस्थागत प्रतिवेदन स्वीकृत गरेको छ ।

कार्यक्रममा जिल्ला विकास समिति नुवाकोटका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमाल,नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरण उत्सुक सापाकोटा, आदिवासी जनजाति महासंघका सचिव भगवान रानामगर, बद्री मिजार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

No comments:

Post a Comment