कुल तामांग
फागुन २६ नुवाकोट । १ सय १ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा बुधबार विदुरमा लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सचेतन सांस्कृतिक एवं सांगीतिक समुह पहिलो, धनकुमारी रिजालको समुह दोस्रो, अन्तरपार्टी महिला सञ्जाल तेस्रो र श्रीकृष्ण थापाको समुह सान्त्वना भएको थियो । प्रतियोगितामा विजयीहरुलाई एमाले जिल्ला उपाध्यक्षा विन्दा ढुंगानाले नगद पुरस्कार प्रदान गर्नुभयो ।
अन्तरपार्टी महिला सञ्जाल, कार्डसन, सोलिड नेपाल, अखिल नेपाल महिला संघ, नेपाल महिला संघ, महिला तथा बालबालिका कार्यालयको संम्युक्त आयोजनामा भएको कार्यक्रममा ६ समुहले सहभागिता जनाएका थिए ।
No comments:
Post a Comment