Wednesday, March 9, 2011

दशलाख दान संकलन

राजेन्द्र न्यौपाने फागुन २५ गोरखा ।
जिल्लाको आरुघाट स्थित अमिलीचौरमा सञ्चालन भएको श्रीमद्भागवत ज्ञान महायज्ञमा मंगलबार सम्म १० लाख दान संकलन भएको छ ।  धावा गाउँ विकास समिति ८ बालुवाटार निवासी इमानसिङ तामाङले तीन लाख पचास हजार नगद दान गर्नुभएको छ ।  आरुघाटमा वृद्धाआश्रम निर्माणका लागि वाचनशिरोमणि दिनबन्धु पोखरेलले सोमबारदेखि भागवतमहापुराण वाचन गर्दै आउनुभएको छ । कुल चारकरोड उठाउने लक्ष्य लिइएको सो पुराणमा अहिले सम्म १० लाख संकलन भएको आयोजकले बताएका छन् । 

गोरखा र धादिङका हजारौं भक्तजनहरु कार्यक्रम स्थलमा गई दान गर्ने क्रम बढेको स्थानीय शिक्षक बालकृष्ण लामिछानेले जानकारी दिनुभयो । कार्यक्रम स्थल गोरखा सदरमुकामबाट झण्डै ४० किलोमिटरको दुरीमा पर्दछ । बुढिगण्डकी आरुघाट विकास समितिको आयोजनामा भएको उक्त कार्यक्रममा आयोजकका अध्यक्ष मोदनाथ खनालले एक लाख ११ हजार एकसय ११, ठाकुर पुडासैनीले एक लाख  ११ हजार एक, महायज्ञ संयोजक लेखनाथ खनालले एकलाख एक हजार एक सय ११ रुपैयाँ दान गर्नुभएको छ ।

No comments:

Post a Comment