खगेन्द्र घिमिरे
फागुन २६ धुलावारी। विभिन्न पार्टी तथा संगठनका नाममा हुने चन्दा आतंक तथा उद्योग सञ्चालनमा पर्याप्त भोल्टेज अभावका कारण झापाका ४ वटा उद्योग एकाएक बन्द भएका छन । यसरी बन्द हुनेमा मेचीनगर नगरपालिका ३ मा रहेका मेची सोलभेन्ट, कामधेनु ह्याचरी, शक्ति सेलर राईस मिल र कामधेनु फिड इन्डष्ट्रिज रहेका छन ।
पर्याप्त भोल्टेजका लागि नेपाल विद्युत प्राधिकरणसंग बारम्बार सम्पर्क गर्दापनि सुनुवाइ नभएको र बजारको मागअनुसार उत्पादन दिन नसकिएको कारण उद्योग बन्द गर्न बाध्य हुनुपरेको मेची सोलभेन्टका सञ्चालक विनोदकुमार कानु बतानुहुन्छ । वि.सं. २०२७ सालमा चामलको ढुटोबाट कच्चा तेल उत्पादन गर्दै आएको मेची सोलभेन्टकै आम्दानीबाट २५ वर्षअघि अन्य ३ उद्योग स्थापना भएका थिए ।
सञ्चालकका अनुसार द्धन्द्धको समयमा विभिन्न पार्टी तथा संगठनका चन्दा आतङक र दैनिक हुने बन्द हड्तालका कारण कच्चा पदार्थमा आयातमा भएको समस्या र अभाव बढदै गएपछि उद्योग बन्द गर्नुपरेको समेत सञ्चालकको भनाई रहेको छ । ४ उद्योग एकसाथ बन्द हुंदा मजदुरी गरी जीविका चलाउने डेढ सय बढी मजदुरको रोजीरोटी खोसिएको छ । यस विषयमा भने सरोकारवाला मौन रहेको छ ।
उद्योगमध्ये कामधेनु ह्याचरीले चल्ला उत्पादन गर्दै आएको थियो । हाल प्रत्येक उद्योगको घाटा १÷१ करोड रहेको सञ्चालकको भनाई रहेको छ । उद्योग बन्द भएपछि पछिल्लो समयमा त्यहाँका सामानहरु रुग्ण भई कवाडीको अवस्थामा पुगेका छन ।
साभार स्रोतः मेचीनगर अनलार्इन

No comments:
Post a Comment