Sunday, March 27, 2011

आरुघाटमा सवा करोडको लगानिमा व्याम्वो कटेज

संगम तिवारी
 चैत १३  गोरखा (आरुघाट)। पर्यटन वर्ष २०११ लाई लक्षित गरेर उत्तरी गोरखाको आरुघाटमा एउटा विशेष किसिमको व्याम्वो कटेज निर्माण भएको छ । करिव सवा करोडको लगानिमा करिव २ रोपनी जग्गामा पैmलिएको कटेजको नयाँ वर्ष २०६८ को बैशाखवाट सुरुहुने भएको छ।

१० वटा कजेट रुम, ४ वटा रुमको व्यवस्था भएको सो कटेजमा, चाइनीज, इन्डीयन, नेपाली र कन्टीनेन्टल खानाको व्यवस्था छ । २४ सै घण्टा तातो चिसो पानीको व्यवस्था भएको, गाडी, खच्चर साथै हेलिप्याड को समेत व्यवस्था भएको कटेजमा सुन्दर फुल, पानीको फोहोरा जस्ता आकर्षक सजावट रहेको छ । 

सस्तो सुलभ र छरितो सेवा प्रदान गर्ने, आन्तरिक तथा वाह्य पर्यटकका लागि सुहाउँदो रहेको कटेजका प्रवन्ध निर्देशक उदय श्रेष्ठले बताउनुभयो ।

No comments:

Post a Comment