Saturday, March 12, 2011

यात्रुबस दुर्घटनामा सात घाइते

राजेन्द्र न्यौपाने  फागुन २८  गोरखा ।
लमजुङबाट यात्रु लिएर गोरखा मनकामना गई फर्केको ना ३ ख ७०९८ नं को बस मनकामना गाउँ विकास समितिको वडा नं. ४ मा दुर्घटना हुँदा बसमा सवार ४२ जना मध्ये सात जना गम्भीर घाइते भएका छन् । बस कच्ची सडक बाट ६२ फिट तल खसको थियो । घाइते यात्रुहरुको आँबुखैरेनीमा प्राथमिक उपचार पछि भरतपुर अस्पताल लगिएको छ ।
 स्ट्रीङ पट्टा भाँचिएर ब्रेक फेल भई घटना हुन गएको हुनसक्ने प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । सामान्य चोटपटक लागेका यात्रुहरु उपचार पछि घर फर्केका छन् ।अबुवादेखि मनकामना जाने मोटरबाटो कच्ची सडक र साँघुरो सडक रहेको कारण पटक पटक घटना हुने गरेको छ । मनकामना जाने मोटर बाटो दर्जन भन्दा बढी भएपनि आरामदायी र सुरक्षित यात्राको लागि भने अझै कुनैबाटो पनि राम्रो बनेको छैन । छोटो र दुर्घटना नहुने क्षेत्रको बाटोमा बजेट विनियोजन नहुने र धेरै खर्च लाग्ने खण्डहरुमा बजेट विनियोजन हुने तर बाटो राम्रो नभएको कारणबाट यात्रुहरु असुरक्षामा परेको स्थानीयहरुले जानकारी दिएका छन् ।

No comments:

Post a Comment