Friday, February 11, 2011

देशमा शान्ती सुरक्षा कायम भयो भने मात्र जनताले सुखको अनुभुती गर्न पाउछन्ः राष्ट्रपती यादव



एसवी गौतम 
  माघ  २८ सिन्धुली। देशमा शान्ती सुरक्षा कायम भएमात्र जनताले अमनचयनको अनुभुती गर्न पाउने राष्ट्रपती डा. रामवरण यादवले वताउनुभएको छ । सिन्धुलीगढी पर्यटनको आधार रसिलो जुनार सिन्धुलीको उपहार भन्ने मुलनाराका साथ सिन्धुलीमाढीमा सुरु भएको मध्यमाञ्चल क्षेत्रिय महोत्सवको आज उद्घाटन गर्दै राष्ट्रपति यादवले उक्त कुरा बताउनुभएको हो ।

महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति यादवले देशको विकासको लागी पनि शान्ती शुरक्षा प्रमुख रुपमा आउने हुनाले जनताको चाहाना पनि शान्ती सुरक्षानै भएको औल्याउनुभयो । राष्ट्रपती यादवले सिन्धुलीलाइ पर्यटकिय स्थलको रुपमा पनि चिनाउदै देशमा भएको परिवर्तन अर्थात २०६२ ÷६३ को जनआन्दोलनमा पनि सिन्धुलीवासीको ठुलो भुमिका रहेको कुरा उल्लेख गर्नुभयो । सिन्धुली जिल्ला जल जमिन र जंगलले भरिपुर्ण भएकाले सिन्धुलीको प्राकृतिक सम्पदा जोगाउन चुरे क्षेत्र वचाउ अभियानलाइ अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । राजनितीक दलहरु एक आपसमा मिलेर सहमती कायम गरी नयाँ सविधान वनाउन सके कल्पना गरेभन्दा चाडै नेपाल स्वीट्जरल्याण्ड हुने उल्लेख गर्नुभयो । उद्घाटन कार्यक्रममा एकिकृत माओवादीकी सभाषद निरु दलार्मी, काग्रेसका पुर्व मन्त्रि विपिन कोईराला,एमालेका मन्त्रि गगांधर तुलाधर,सभाषद विषमलाल अधिकारी दनुवार एवं उद्योग वाणिज्य महासघंमा अध्यक्ष कुश कुमार जोशीकोले समेत मन्तव्य राख्नुभएको थियो ।


हिजोवाट सिन्धुलीमाढीमा करिव ४० लाखको लागतमा सुरु गरिएको महोत्सवमा करिव ३ लाख मानिसले अवलोकन गर्ने र ३ करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । महोत्सव अवधिभर उधोग, व्यापार, पर्यटन,कृषि, घरेलु तथा लघु उद्यम, विज्ञान प्रविधीको बृहत प्रदशनी गरिने छ ।


 पर्यटन वर्ष २०११ को उपलक्ष्यमा सिन्धुलीको कमलामाई,कालिकामाई,शिद्धवावा मन्दिर एवं सिन्धुलीगढीलाई पर्यटन क्षेत्रको रुपमा विश्व मै पहिचान गराउने उदेश्य महोत्सवले लिएको छ भने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वृहत सास्कृतिक कार्यक्रम, स्थानिय, राष्ट्रिय, तथा अन्तराष्ट्रिय व्यवसायीवाट उत्पादित सामानहरुको प्रदशनी ,  कृषि जन्य वस्तुको प्रदशनी ,दृष्टिविहिन कलाकारवाट लोकदोहोरी कार्यक्रम  अन्य मनोरन्जनात्म कार्यक्रमहरुमा , सर्कस, विङहरु र मौतका कुवा रहुने उधोग वाणिज्य सघं सिन्धुलीले जनाएको छ । महोत्सव फागुन ७ गतेसम्म चल्नेछ ।

No comments:

Post a Comment