Tuesday, February 15, 2011

ट्याक्टर सहित चार जना काठ तस्कर पक्राउ

राजेश सहानी फागुन ३  नवलपरासी ।
नवलपरासीमा गए राति इलाका वन कार्यालय कावासोतीले ट्याक्टर सहित चार जना काठ तस्करलाई पक्राउ गरेको छ । नवलपरासीको देउरालीमा रहेको त्रिभुवन सामुदायिक वनबाट ५४ क्युफिट सालको गुलिया सहित लु १ च ७९७७ नम्बरको ट्याक्टर र चार जना तस्करलाई पक्राउ गरिएको इलाका वन कार्यालय नवलपरासीले जनाएको छ । पक्राउ पर्नेहरुमा देउराली५ निवासी लालबहादुर गुरुङ, यमनारायण महतो, शिवराज महतो र तोयाप्रसाद महतो रहेका छन् । पक्राउ गरिएको ट्याक्टर, काठ र चारै जना तस्करलाई अहिले इलाका वन कार्यालय कावासोतीमा राखिएको छ ।

No comments:

Post a Comment