Sunday, February 13, 2011

अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको न्याउली क्लबले मैदान विस्तार गर्‍यो

हेमन्त शर्मा  फागुन १  तुलसीपुर ।
 हलबार गाबिस खाद्रेको न्याउली क्लबले हालै खेल मैदान निर्माण कार्य सम्पन्न गरेको छ । बिगत करिब ३ दशकदेखि खेल क्षेत्रमा बिभिन्न गतिबिधिहरु गर्दै आएको क्लबले हाल आएर खेल मैदान बिस्तार गरेको हो । ६ लाखको लागतमा क्लबले करिब डेढ बिगाह क्षेत्रमा खेल मैदान बनाएको छ । हलबार गाबिसको स्थानीय न्याउली सामुदायिक वन, वीरेन्द्र सामुदायिक वन, हलवार गाविस कार्यालय र क्लबको आर्थिक लगानीमा मैदान निर्माण गरिएको क्लबले जनाएको छ । खेल क्षेत्रको बिकास र युवाहरुको क्षमता बृद्धिका लागि मैदान बिस्तार गरिएको क्लबका अध्यक्ष रेबन्त रानाले जानकारी दिनुभयो । जिल्लाब्यापी रुपमा पनि बिभिन्न खेल प्रतियोगिताहरु संचालन गर्दै आएको क्लबले पहिलेका वर्षहरुमा नयां वर्षको अवशरमा स्थानिय खेल मैदानमा साता दिनसम्म कुनै मेलाको झल्को दिनेगरि प्रतियोगिता संचालन गर्दै आएको स्थानियवासी बताउछन् । बक्सिङ, तेक्वान्दो, करांते, भलीबल, सुटिङ, बस्केट बल लगायतका खेलहरुमा बिगतदेखि नै चर्चामा आउने खाद्रेको न्याउली क्लबले बिगत देखि नै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्दै आएको छ । क्लबमा आवद्ध भएर खेल्दै आएका शान्ति राना र माया रोका सुटिङ खेल तर्फ अन्तराष्ट्रियस्तरमा ३ पटक साफ खेलमा सहभागी हुनुभएको थियो भने एक पटक कांस्य पदक हात पार्न सफल हुनुभएको थियो । त्यस्तै दुवैजना भारतमा भएको सुटिङ प्रतियोगितामा स्वर्ण पदक बिजेता बन्नु भएको क्लबका अध्यक्ष रेबन्त रानाले जानकारी दिनुभयो । अन्य खेलाडीहरु जोगबहादुर राना, रेवन्त रानालगायतका खेलाडी पनि बक्सिङ खेल तर्फ बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी हुनुभएको थियो । २०३८ सालमा स्थापना भएको न्याउली क्लबले बिषेश गरि खेल क्षेत्रमा गतिविधिहरु संचालन गर्दै आएको छ । साथै पछिल्लो समयमा खेल क्षेत्रमा परिवर्तित समयक्रम संगै क्रिकेट र फुटवललाई अगाडी बढाउने भएको छ ।


No comments:

Post a Comment