Sunday, February 13, 2011

पोखरामा पश्चिमाञ्चल स्तरीय दोस्रो गणतान्त्रीक खेलकुद प्रतियोगिता

गोकुल बानियाँ फागुन १ पोखरा । पश्चिमाञ्चल स्तरीय दोस्रो गणतान्त्रीक खेलकुद प्रतियोगिता अन्तर्गत आज बिहान पोखरामा सम्पन्न खुल्ला १० किलोमीटर सडक दौडको उपाधि गोरखाका अशोक थापाले जित्नु भएको छ । ५० जना प्रतियोगीलाई पछि पार्दै थापाले २९ मिनेट ४५ सेकेण्डमा निर्धारित दूरी पूरा गरी उपाधी जित्नु भएको हो । प्रतियोगितामा गोरखाकै प्रकाश पनेरु दोस्रो र पोखराका चोकबहादुर गुरुङ्ग तेस्रो हुनु भएको छ । त्यस्तै ५ किलोमिटर खुल्ला महिला तर्फ कास्कीको हेम्जाका अनिसा अधिकारी पहिलो, स्याङजाकी सीता पाठक दोस्रो र पोखरा पृथ्बीचोकका लक्ष्मी तिमिल्सिनाले तेस्रो स्थान हासिल गर्नु भएको छ । प्रतियोगिता अन्तर्गत छात्र ५ किलोमिटर तर्फ महालक्ष्मी उच्च माबि गोरखाका गोकुल मगराती पहिलो, भद्रकाली उच्च माबि पोखराका खुसबहादुर गुरुङ दोस्रो र भद्रकालीकै सुरेस गुरुङ तेस्रो भएका छन् । त्यस्तै ५ किलोमीटर छात्रा तर्फको दौडमा टप्स उच्च माबि पोखराकी लक्ष्मी पाण्डेले पहिलो पोखराकै फिस्टेल एकेडेमीकी प्रतिमा सुबेदीले दोस्रो र टप्स उच्च माबिकै प्रभा चौधरीले तेस्रो स्थान हात पारेका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएकाले क्रमश २ हजार ५ सय, १ हजार ५ सय र १ हजार पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी ३५ वर्ष माथिको भेट्रान्स सडक दौडमा भारत रक्सौलका सिके झा पहिलो र पोखरा लेकसाईडका नेत्रलाल भण्डारी दोस्रो भएका छन् । पहिलो र दोस्रो हुनेले क्रमश नगद २५ हजार र २० हजार पुरस्कार प्राप्त गरेका छन् ।

No comments:

Post a Comment