Sunday, February 13, 2011

प्रस्तर मूर्तिकला प्रर्दशनी २०६७ सम्पन्न

हिमाल दवाडी 
 फागुन १काठमाडौं।नेपाली समाजमा उपेक्षीत हुन लागेको परम्परागत कला र सीपको जर्गेना गर्नु, परम्परागत प्रस्तर मूर्तिकलामा सिद्धहस्त कौशल भएका कलाकारको मनोवल उच्च राख्ने मुल हेतुले परम्परागत प्रस्तर मुर्तिकलाल प्रर्दशनी २०६७ सम्पन्न भएको छ ।



नेपाल सम्पदा संघको आयोजनामा सम्पन्न प्रर्दशनीमा देशभरीका विभिन्न जिल्लावाट २८ जना कलाकारले निर्माण गरेको प्रस्तर मूर्ति राखिएको थियो । प्रर्दशनी ७ दिन सम्म चलेको संघले बताएको छ । प्रर्दशनीवाट विक्रिभएको प्रस्तर मूर्ति जुन कलाकारले निर्माण गरेको हो विक्रिवाट आएको रकम उसैलाई दिइने संघका महासचिव धर्मराज शाक्यले बताउनुभयो ।

नेपालमा बनाइएका प्रस्तर तथा अन्य मूर्तिकलाले देश तथा विदेशमा ख्याती कमाएकोले यस प्रति कार्य गर्ने कलाकारको मनोवल बढाई नेपालमा रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई जीवन्त बनाई राख्नुपर्ने लुम्विनि विश्व विद्यालयको प्राध्यापक डा. त्रिरत्न मानन्धरले बताउनुभयो । नेपालको मठ मन्दिर, विहार, गल्ली, चोक, गुम्वा, लगाएत जताजतै रहेको मूर्तिकलालाई संरक्षण र संम्वद्र्धन गर्न कलाकारलाई आवश्यक विभिन्न तालिम, शिक्षा, लगायतका सुविधा दिदै आएको संघका अध्यक्ष ऋद्धिवावा प्रधानले बताउनुभयो ।

हाल नेपालमा १५० देखि २०० सम्म कामदारले यस क्षेत्रमा रोजगार पाएको संले बताएको छ । सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रचार प्रसार गर्ने र यसको महत्ववारे जानकारी गराई अन्र्तरनिहित भावनावाट प्रस्तर कलालाई संघले अगाडी वढाउदै आएको श्रीहरि थापाले बताउनुभयो ।

No comments:

Post a Comment