Friday, February 18, 2011

करेन्ट लागेर एक युवकको मृत्यु

कुल तामाङ फागुन ६ सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हैवुङ गाविसमा हिजो बेलुका करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

आफ्नै घरमा मोबाइल चार्ज गर्दा अत्यधिक विद्युत् प्रवाह भई करेन्ट लागेर वडा नं ३ निवासी १८ वर्षीय मोहन तामाङ घाइते भई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।मृतक तामाङ त्रिभुवन विमानस्थलको सुरक्षामा कार्यरत नेपाली सेनाको प्यूठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्लामा विगत १५ महिनाको अवधिमा करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या १२ जना पुगिसकेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment