Tuesday, February 8, 2011

सुदुरपश्चिको पहाडी जिल्ला डडेल्धुरामा प्याराग्लाडीङ्ग


केशब लोहनी
माघ २५ डडेल्धुरा।    पर्यटन वर्ष २०११ को अवसर पारी सुदुरपश्चिका पहाडी जिल्लामा पहिलो डडेल्धुरामा पटक प्याराग्लाडीङ्ग शरु गर्ने भएका छन् ।  उद्योग वाणिज्यसंघ डडेल्धुराको आयोजनमा भारतको नैनितालवाट प्याराग्लाडिङ्ग टिम टेस्ट फ्लाईट संचालन गर्न  मंगलवार  ५ सदस्यीय टोली डडेल्धुरा पुगेको छ ।

डडेल्धुरा सदरमुकामको टुडिखेल तथा त्यसको आसपासवाट संचान गर्न सो टोलीले उपयुक्तठाउ छनौट गरि भोलि बुधवार देखि टेस्टफलाईट उडान गर्ने उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष प्रकाश वहादुर साउदले वताउनु भयो ।

टेष्ट फलाईट सफल भएको खण्डमा निजी क्षेत्र संग समन्वय गरेर व्यवसायिक ढंगवाट डडेल्धुरामा प्यारा गलाईडिङलाई निरन्तरता दिईने भएको हो ।

No comments:

Post a Comment