माघ २९ काठमाडौ ।
प्रधानमन्त्री झलनाथ खनालले केही दिन भित्रै सरकारले पूर्णता पाउने दावी गर्नुभएको छ । संसदको बैठकपछि आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रधानमन्त्री खनालले केही दिन भित्रै सरकारले पूर्ण आकार पाउने दावी गर्नुभयो । माओवादीसंग सत्तासाझेदारी नमिलेपछि प्रधानमन्त्री छानिएको एक साताभन्दा बढि हुँदा पनि सरकारले पुर्णता पाउन सकेको छैन ।
माघ २० गते माओवादीको समर्थनमा खनाल प्रधानमन्त्री चुनिएपछि माओवादी र एमालेदुवै दलले गृह मन्त्रालयमा दावी गरेपछि सरकारले पुर्णतापाउन नसकेको हो । एमालेकै भरत मोहन अधिकारी, बिष्णु पौडेल र गंगालाल तुलाधरलाई बिना विभागीय मन्त्री बनाइएको भएपनि अझै कुनै जिम्मेवारी दिइएको छैन । आफ्नै पार्टी भित्र बरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी ओली पक्षले माओवादी नागरिक पार्टीमा रुपान्तरण नभएसम्म सुरक्षा सम्बन्धी कुनैपनि मन्त्रालय दिन नहुने अडान राखेपछि सरकार बन्न नसकेको हो ।
यसैगरी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । उहाँले सरकारमा माओवादी सामेल हुने संकेत गर्नुभएको छ । काभ्रेको दाप्चा कृष्ण बहुमुखी क्याम्पसको उद्घाटन गर्दै आज दाहालले एमालेसँग भएको छलफल सकारात्मक रहेकोले सरकारमा जाने सम्भावना बढेको बताउनुभएको हो ।
सात बूँदे सहमतिका आधारमा सरकार बने पनि त्यसले पूर्णता पाउन नसक्नु दुर्भाग्यपूर्ण भएको बताउँदे उहाँले सरकारले छिटै पूर्णता पाउने विश्वास समेत व्यक्त गर्नुभयो । बिदेशी शक्तिहरुले मात्रै नेपालमा सरकार बनाउन सक्छन् भन्ने मान्यतालाई आफूहरुले तोडेको दावी गर्दै उहाँले नेपाली नागरिकले आफै निर्णय गर्न सक्छन् भन्ने देखाउन त्याग गरेको जिकिर गर्नुभयो ।

No comments:
Post a Comment