राजेन्द्र न्यौपाने
फागुन २ गोरखा। एकीकृत नेकपा माओवादी गोरखाले आफ्नो जनयुद्ध दिबसको अबसरमा आज वनभोज कार्यक्रम गरेको छ ।
माओवादीले २०५२ साल फागुन १ गतेबाट सुरु गरेको जनयुद्धलाई सम्झने क्रममा हरेक फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ ।
आईतबार विविद्य कार्यक्रम गरेर जनयुद्ध दिबस मनाएको माओवादीले आज बनभोज कार्यक्रमको आयोजना गरेको हो ।
गोरखा नगरपालिकाको १० किलो बगैँचामा माओवादी इलाका नं १ ले वनभोजको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै एकीकृत माओवादीका जिल्ला सचिव चुडामणी खड्का प्रकाशले जनयुद्धले नेपालमा संसदिय व्यावस्थाको भण्डाफोर गरेको बताउनुभयो । जनयुद्धले राष्ट्रिय, वर्गीय, जातिय, लैङ्गीग, वैचारिक जागरण पैदा गरेको छ उहाँले भन्नुभयो ।
क्रान्ति गुणात्मक ढङ्गले संगठित हुदैँ गएको उहाँको भनाई थियो । उहाँले राजतन्त्रको अन्त्य जनयुद्धले गरेको भन्दै भन्नुभयो नेपालमा क्रान्ति पूरा हुने सम्भावना बढ्दै गएको छ ।
वनभोजमा माओवादीका नगर इन्चार्ज दिपक तिमिल्सिना साकार, क्षेत्र नं १ का सहइन्चार्ज नारायण अधिकारी निश्चल, अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य बन्दना पाण्डे, सहिद परिवार, मजदुर, कर्मचारी लगायत माओवादी कार्यकर्ता र शुभचिन्तकहरुको सहभागीता रहेको थियो ।
No comments:
Post a Comment