Monday, February 14, 2011

सुचना प्रवाह तथा समन्वय कार्यक्रम सम्पन्न

गोरखा सम्बाददाता 
 फागुन २ गोरखा।  क्षेत्रिय नविकरण उर्जा सेवा केन्द्र ग्रामीण सशक्तिकरण समज दमौली तनँहुले आज गोरखा सदरमुकाममा सुचना प्रवाह तथा समन्वय कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला उर्जा तथा वातावरण जिविस गोरखाको  सहजिकरणमा कार्यक्रम गरिएको हो । कार्यक्रममा वैकल्पिक तथा नविकरणीय उर्जाको प्रबद्र्धन तथा विस्तारको बारेमा छलफल भएको थियो ।
   कार्यक्रममा ग्रामीण लघु जलविद्युत अयोजना, सौर्य उर्जा, सुधारिएको चुलो लगायत वैकल्पिक उर्जाका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा स्थानिय विकास अधिकारी तिलक पौडेल, नेपाल कांग्रेसका हरि घले, नेकपा एमालेका दोर्ण तिमिल्सिना, गैर सरकारी संस्था महासंघका काजीराम रोका, सेवा केन्द्रका क्षेत्रिय संयोजक सरिता गुरुङ, पत्रकार महासंघका अध्यक्ष किशोरजङ्ग थापा लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment