माघ २९ रुपन्देही। रेडियो लुम्बिनीको १२औं बार्षिकोत्सव आज विशेष समारोहबीच सकिएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले सामाजिक विकासमा रेडियो लुम्बिनीले नमुना प्रस्तुत गरेको उल्लेख गरे ।
उनीहरुले समुदायको मर्म, भावना र चाहना अनुसार चल्न सकेकै कारण ११ वर्षमा समुदायको लागि उदाहरण बन्न सफल भएको पनि बताए । कार्यक्रममा प्रमुख अतिथि सामुदायिक रेडियो प्रसारक सघंका अध्यक्ष मिन बहादुर शाहीले लोकतान्त्रिक शासनपद्धतिलाई संस्थागत गर्न रेडियोले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले सरकारी सेवा सुविधाका बारेमा चेतना फैलाउन सामुदायिक रेडियोले अहम भुमिका खेलेको बताउनुभयो ।त्यस अवसरमा रेडियो लुम्बिनीका कार्यकारी अध्यक्ष कृष्ण प्रसाद नेपाल, रेडियोका पूर्व अध्यक्ष अर्जुन ञवाली, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष मोहन चापागांई, रुपन्देही उद्योग संघका अध्यक्ष एजाज आलमलगायतले रेडियो पं्रशंसा गर्दै समुदायमा केन्द्रीत भएर अघि बढ्न सुझाव पनि दिएका छन् ।
वार्षिकोत्सवका अवसरमा रेडियो लुम्बिनीले बिभिन्न क्षेत्रबाट सहयोग पुर्याउने संस्था,कर्मचारी र व्यत्तीत्वहरुलाई सम्मान गरेको छ । रेडियोले पूर्व स्टेशन मेनेजर कुलमणि ज्ञवाली, वरिष्ठ प्राविधिक साहायक डम्बर चौधरी, रेडियो पत्रकार रिता खरेल, हिक्मत चौधरी, कार्यक्रम उत्पादक परमशिला बांनिया र मदन भण्डारीलाई सम्मान गरेको हो । त्यस्तै विज्ञापन उत्पादक मोहन न्यौपाने, साझेदारी कार्यक्रम सहायक राज चौधरी, र हुमनाथ भट्टराईलाइ रेडियोले सम्मान गरेको छ ।
यसैगरी सञ्चार प्रतिष्ठानले इटहरीमा सञ्चालन गरेको सामुदायिक रेडियो परिवर्तनको विभिन्न कार्यक्रमको आयोजना गरि पहिलो वार्षिकोत्सव सम्पन्न गरेको छ भने रेडियोका चार जना उत्कृष्ट स्रोतालाई सम्मान समेत गरिएको छ ।
No comments:
Post a Comment