ज्ञानु राउत फागुन ३ सिरहा ।
आफ्नो गाउँ आफै बनाउन सकृय हुन थालेका सिरहाको लालपुर–६ गुरुधामका महिलाहरु अहिले आफ्नो गाउँबस्ती स्वय सफा गर्न जुट्न थालेका छन् । स्थानीय रुपमा गठित कृषक महिला समूहले हप्ताको एक दिन गाउँघर सरसफाई अभियानमा जुट्न थालेका हुन् । चोहर्वा स्थित श्रृजना सामुदायिक विकास केन्द्रको पहला गठित महिला समूहले गाउँघर बाटो सरसफाईसहित यो बर्षदेखि व्यवसायिक रुपले तरकारी खेती पनि रसायनिक मल र बिषादी त्यागेर प्राङ्गारिक मल प्रयोग गर्ने जनाएको छ ।
यसैबीच स्थानिय उपभेक्ताहरुको निष्कृयता तथा प्रहरीको वेवास्ताले सिरहाको विष्णुपुरकट्टी गा.वि.स. को ३ र ४ नं. वडाका सामुदायिक वन क्षेत्रबाट अनियन्त्रित रुपमा दाउरा बल्लाबल्ली निकासी भईरहेको छ । केही अगुवा उपभोक्ताहरुका अनुसार विशेषगरी दक्षिणतिरबाट आउने गैर उपभोक्तहरुले वन क्षेत्रबाट काँचो दाउरा, बल्ला बल्ली दिनहु लैजाने गरेका छन् ।
No comments:
Post a Comment