चैत २१ नुवाकोट। नुवाकोटको विभिन्न ६ वटा विद्यालयका एक हजार दुई सय प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई एक संस्थाले विभिन्न सामग्री प्रदान गरेको छ । जोखिममा परेका बालबालिकाहरुको सञ्जाल नेपाल (कार्डनेट नेपाल)नामक संस्थाले विभिन्न विद्यालयका एक हजार दुई सय भन्दा धेरै बालबालिकालाइ शैक्षिक सामग्रीसहित आवश्यक अन्य सामग्रीको बाक्सा (सामरी टन्र्स पर्स) हस्तान्तरण गरेको छ ।
सञ्जालले वागेश्वरी गाविसमा रहेको विनायक माध्यमिक विद्यालयका २ सय ८३ जना,भैरवी एकेडेमीका ३०४ जना, महालक्ष्मी प्रावि खानीगाउँका ६९ जना, चण्डेश्वरी प्राविका ७४ जना, मदर इंलिस स्कुल फलाटेका १ सय ३४ जना प्रगतीशील उच्च माविका ८७ जना विद्यार्र्थीलाई सामग्री हस्तान्तरण गरेको हो ।
सञ्जालले वेथेल एजी खड्गभन्याङ बाल फेलोसीपका ३ सय ७३ जना बालबालिकालाई पनि आवश्यक सामग्री हस्तान्तरण गरेको सञ्जालका नुवाकोट व्यवस्थापक पुरुषोत्तम डोटेलले बताउनुभयो ।
बाक्साभित्र विद्यालय पोशाक, शैक्षिक सामग्री, श्रृगारका सामान, ब्रसमन्जन, खेलौनालगायतका सामग्री हुने जनाइएको छ ।
No comments:
Post a Comment