कूल तामाङ्
चैत २१ नुवाकोट। नुवाकोटको खानीगाउ गाविस वडा नं ४ घर भइ जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत ३३ वर्षिय प्रहरी जवान रेवतीप्रसाद लामिछाने एकदेखि वेपत्ता भएको प्रहरीले जनाएको छ । क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा चैत गत चैत १३ गतेदेखि सञ्चालन हुने दैवीप्रकोप सम्वन्धी तालीममा सहभागी हुन रसुवावाट हिँडेका लामिछाने तालिममा सहभागी नभएको बताइएको छ ।

तालिमभन्दा दुई दिन अघि चैत ११ गते कार्यलयवाट निस्केका लामिछाने त्यसपछि सम्पर्कमा नआएपछि रसुवा प्रहरीले हाजीर हुनका लागि घरमा पत्राचार गरेको थियो ।
पत्र हात परेपछि छोरा कार्यरत रसुवा प्रहरीमा जाँदा कार्यालयले भागेको भन्दै खोजतलासमा सक्रियता नदेखाएको वावु टंकप्रसाद लामिछानेले बताउनुभयो । टंकप्रसादले वेपत्ता छोराको खोजीका लागि सञ्चारमाध्यमलाई अनुरोध गर्नुभएको छ ।

No comments:
Post a Comment