Friday, April 1, 2011

ताप्लेजुङ र पाँचथरमा फोटो सहितको नामावली संकलन स्थगित

चैत १८ ताप्लेजुङ। जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङ र पाँचथरले सदरमुकममासहित जिल्लाका विभिन्न स्थानमा चैत्र महिनाबाट सञ्चालन गर्ने फोटोसहितको मतदाता नामावली संकलन स्थगित गरेका छन् ।

तयारी अन्तीम चरणमा नपुकोकोले फोटो सहितको मतदाता नामावली संकलन स्थगित गरीएको निर्वाचन कार्यालयले जनाएको छ, तर मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परीषदले संविधान निर्माण सकिएर लिम्वुवान राज्य घोषणा नभएसम्म फोटो सहितको मतदाता नामावली संकलन गर्न नदिने निर्णय भन्दै अवरोध गने र् सार्वजनिक रुपमा चेतावनि दिएपछि फोटोसहितको मतदाता नामावली संकलन रोकिएको छ । 

ताप्लेजुङमा भोलि अर्थात चैत्र १९ गतेबाट जिल्लाका पाँच वटा गाविसमा मतदाता नामावली संकलन गरिने भनिएको थियो भने पाँचथरमा गत चैत्र १५ गते बाटै सुरु हुने तयारी थियो ।

No comments:

Post a Comment