Friday, April 1, 2011

दाङको भालुबाङ खानेपानी समितिअन्र्तगतका उपभोक्ताहरु आन्दोलित

चैत १८  दाङ। खानेपानी समितिले कार्यक्षेत्र भन्दा बाहिरका उपभोक्ताहरुलाई धारा वितरण गर्न थालेको भन्दै दाङको भालुबाङ खानेपानी समितिअन्र्तगतका उपभोक्ताहरु आन्दोलित भएका छन् ।

समितिले लालमटियामा उपभोक्ताको सहमति विना नै मनोमानी ढंगले करिब ६० वटा धारा वितरण गर्न थालेको भन्दै आज उपभोक्ताहरुले भालुवाङ क्षेत्रमा नाराजुलुस सहित प्रर्दशन गरेका छन् । उनिहरुले आज बिहान खानेपानी समितिको कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै धर्नासमेत दिएका छन् ।

 एसियाली विकास बैंकको सहयोग र स्थानीय उपभोक्ताहरुको श्रमदानमा निर्माण भएको आयोजनाबाट भालुवाङ, पुल्चोक, पाखापानी र धारापानी क्षेत्रका उपभोक्ताहरुलाई पानी वितरण गरिएको छ ।

No comments:

Post a Comment