Thursday, April 7, 2011

म्याग्दीमा वार्षिक ५.८ मेट्रिक टन मह उत्पादन

शोभा शर्मा बस्ताकोटी
 चैत २४ म्याग्दी। सानो लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि म्याग्दी जिल्लामा पछिल्लो समय मौरी पालन तर्फ आर्कषण बढ्दै जान थालेको छ ।जिल्लाको घतान, पात्लेखेत, कुहँु, पुलाचौर र पिप्ले गाविसलाई माहुरीको पकेट क्षेत्रका रुपमा बिस्तार गरिएपछि बार्षिक ५.८ अर्थात ५८ सय किलो मह उत्पादन हुनेगरेको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।

माहुरी पालन तर्फ आर्कषित गर्न कार्यालयले जिल्लाका विभिन्न गाविसमा तालिम समेत आयोजना गर्ने गरेको कृषिविकास कार्यालयका कार्यालयका योजना अधिकृत बासुदेव काफ्लेले जानकारी दिनुभयो ।जिल्लामा रहेका ३ हजार १ सय ९० घारबाट उत्पादन गरिएको मह पछिल्लो समय विस्तारै विदेशमा समेत निर्यात हुन थालेपछि कृषकहरूमा उत्साह छाएको हो । अहिले मह प्रतिकिलो पाँचसय रुपैयाँमा विक्रि हुने गरेको छ ।

पछिल्लो समय मुना,देविस्थान,घार,ज्यामरुककोट लगायतका गाविसलाई समेत मौरी पालनका लागि पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी भइरहेको बरिष्ठ कृषि विकास अधिकृत महेशचन्द्र आर्चायले बताए ।

No comments:

Post a Comment