फागुन २६ काठमाडौँ । काठमाडौको केन्द्रिय कारागारमा नेश्नल टेलिभिजनका कार्यकारी अध्यक्ष युनुस अन्सारीमाथि गोली प्रहार भएको छ । नक्कली भारतीय रुपैंया कारोबारको आरोपमा अन्सारी एक वर्षदेखि कारागारमा हुनुहुन्थ्यो ।
विहान साढे ११ बजेतिर कारागारभित्र आफन्तलाई भेट्न गएका भनिएका भारतीय नागरिकले गोली प्रहार गरेका हुन् । केन्द्रीय कारागार सुन्धारामा कैदी भेट्न गएका तीन भारतीय नागरिकले गोली हानेकोमा एकजना जसविन सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ढाडमा गोली लागेका अन्सारीको नर्भिक अस्पताल थापाथलीमा उपचार भैरहेको छ ।
उपचारमा संलग्न चिकित्सकले अन्सारीको अवस्था खतरामुक्त रहेको बताएका छन ।

No comments:
Post a Comment