Tuesday, March 22, 2011

हात्तिपाईले निवारण कार्यक्रम

चन्द्रश्वर बस्ताकोटी  चैत्र ८ मुस्ताङ ।
जिल्ला स्वास्थ्य कार्यालय,म्याग्दीले चैत १२ र १३ गते राष्ट्रिय हात्तिपाईले निवारण कार्यक्रम अन्तरगत औषधी खुवाउने कार्यक्रमको तयारी तिब्र पारिएको जनाएको छ । कार्यक्रम अन्तरगत दुई वर्ष माथिका गर्भवती र दिर्घरोगी बाहेकका सबैलाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईने जिल्ला अस्पताल म्याग्दीका प्रमुख म्याग्दीका ४१ गाविसमा रहेका २२ हजार आठ सय ७१ घरधुरीका सर्वसाधारणलाई औषधी खुवाउन ७ सय ५० जना स्वयंमसेवक परिचालन गरिने र औषधी सम्बन्धित ठाउँमा पुरयाईसकिएको कार्यक्रमका फोकल पर्सन घनश्याम सिग्देलले बताउनुभयो । कार्यक्रममा १० लाख २५ हजार दुई सय ४५ रुपैया खर्च हुने सो कार्यक्रममा जानकारी गराईएको थियो । अभियानमा सहभागि भएर २०१५ भित्र नेपाललाई हात्तीपाईले रोग निवारण राष्ट्रिय लक्ष्य सफल पार्न कार्यालयले सबै समक्ष अनुरोध गरेको छ । तीन वर्षअघि गरिएको अध्ययनका क्रममा म्याग्दीका कुल जनसंख्याको दुई दशमलब दुई प्रतिशतमा हात्तिपाईलेको जिवाणु भेटिएको थियो । हात्तिपाईले लामखुट्टे मार्फत सर्ने रोग हो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरज केसीले नेपाललाई हात्तिपाईले निवारण राष्ट्र बनाउनु सबैको साझा दायीत्व भएकाले आ आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment