Thursday, March 10, 2011

कृषि प्राबिधिकहरुको १ दिने अन्र्तक्रिया गोष्ठी सम्पन्न

चन्द्रश्वर बस्ताकोटी
  फागुन २६ मुस्ताङ। किसानलाई सहजै सेवा उपलब्ध होस भन्ने हेतुले जिल्लाका बिभिन्न कार्यालयहरुमा कार्यरत कृषि प्राबिधिकहरुको मुस्ताङमा बिहिबार १ दिने अन्र्तक्रिया गोष्ठी सम्पन्न भएको छ । सबै प्रबिधिकहरु स्थानिय स्तर सम्म पुग्ने भएकाले अन्य सम्बध्द्ध कार्यालयका कार्यक्रम, योजनाहरुका बारेमा समेत जानकारी लिई किसान सम्म पु¥याउन सबै प्राबिधिकहरुलाई कार्यक्रममा अनुरोध गरिएको थियो ।

सबै प्राबिधिकहरुले कार्यक्षेत्रमा सहकार्य गरेर कार्य गर्नसक सबै किसानलाई सहयोग पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रसाद पाण्डेले बताउनु भयो ।

हरियो धुपीको प्रयोग कमगर्न किसानलाई जागरुक बनाउन सके हरियाली बढने बताउदै उहाले हिमाली जिल्लामा भएको सामान्य हरियाली समेत उजाड पार्न खोज्नेहरुलाई निरुत्साहित पार्नुपर्ने बताउनु भयो ।  
समन्वयात्मक रुपमा कृषि र पशु कार्यालयहरुको अन्योन्यास्रित सम्वन्ध रहेकाले कृषि र पशुको क्षेत्रमा कार्यगर्ने प्राबिधिकहरुले आफुले जाने सम्मको कार्य अर्को कार्यालयको काम भनेर पन्छन नहुने जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख एब वरिष्ठ कृषि बिकास अधिकृत मेधनाथ तिमील्सिनाले बताउनु भयो । दक्षताका रुपमा गर्ने कार्य बाहेक अर्को कार्यालयको सेवा लिन खोज्ने किसानलाई सक्दो सेवा उपलब्ध गराउन सबै प्राबिधिक तयार रहनु पर्ने बरिष्ठ कृषि बिकास अधिकृतको  भनाइ छ ।

मुस्ताङमा जिल्ला बिकास समिति र गाउबिकास समितिबाट कृषि र पशुक्षेत्रमा यथेष्ठ सहयोग हुन नसकेपनि कार्यालयहरुले सक्दो कार्यगरेको उहाले बताउनु भयो ।
पशु र कृषि सम्वद्ध कार्यालयका कार्यक्रम, योजनाहरुको जानकारी लिई किसान सम्म पु¥याउन सबै प्राबिधिकहरुलाई अनुरोध गदै स्थानिय जातका अन्नबाली, फलफुल र जनाबरको अनुवासिक श्रोतलाई संरक्षण गर्न सरकार, स्थानिय कार्यालय र स्थानिय जनता एक हुनु पर्ने जिल्ला पशु सेवाकार्यालय मुस्ताङका कार्यालय प्रमुख डा गुरु प्रसाद खकुरालले बताउनु भयो ।

बिश्वमै लोपोन्मुख जैबिक लुलु गाई केहि सस्थाहरुले अनुमति बिना क्रसगरेको प्रति ध्यान आकर्षण गराउदै स्थानिय जातको लोपगराउने हिसाबले अनुवाशिक गुण (बसं) नास गरिए स्थानियलाई मात्र नभई देशलाई नै धाटाहुने डा खकुरालले बताउनु भयो । राज्य स्तर, जिल्लास्तरबाट माग नभएपनि ब्यापक रुपमा तिब्बति भेडा च्याग्रा मूस्ताङ हुदै नेपाल भित्रिदा कसैको ध्यान पुग्न नसकेको र ब्यापक रुपमा भित्रिएका भेडा च्याग्राले स्थानिय चरन सखाप पारेकाले किसानहरु चरन अभाब खेप्न बाध्य भएकोले उत्पादन बढाउन नसकिएको डा खकुरालको भनाई छ ।

जिल्लामा रहेका जनावरलाई ३६ प्रतिसत आहाराकम भएको समेत जानकारी दिदै पशु आहारा बढाउन उहाले जोड दिनु भयो । प्राबिधिकहरुले हरपल किसानको सेवामा रात समेत नभनि कार्य गदैआएकोले प्राबिधिकको मनोवल बढाउन सम्वन्धित निकायको ध्यान जानु पर्ने समेत कार्यक्रममा बताइयो ।
कृषि क्षेत्रका स्थानिय अन्वेषणलाई लिपिबद्ध गर्न सबै प्राबिधिकको सहयोगको आवश्यकतारहेको बताउदै स्याउको सुकुटी बनाउने सोलार डयर जोमसोम ठुम्वाका निमा गुरुङ, भुषमा पनि च्याउ उत्पादन गर्न सकिने बिना मौरतीको अन्वेषण, मार्फाका माने बिकले बनाएको दाते, फलामको चुच्चे (कोमा), कुञ्जोका तेज बहादुर गौचनले बनाएको खेर गएको पानी जम्मा गर्ने काठको भाडो बनाई सिचाई लगायतको बारेमा  जिल्ला कृषि बिकास कार्यालयका बाली संरक्षण अधिकृत नारायण प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।  
कुञ्जो र मार्फा गाबिसमा जिल्ला कृषि बिकास कार्यालय एव कागबेनीको फल्याक क्षेत्रमा जिल्ला पशु सेवा कार्यालयसग साझेदारी गरि जैबिक बिबिधता संरक्षणका लागि कार्यगदै आएको लिवर्डका कार्यक्रम अधिकृत उत्तम खनालले बताउनु भयो ।     

 जिल्ला कृषि बिकास कार्यालयको आयोजनामा सम्पन्न गोष्ठीमा कृषि, जिल्ला पशु सेवा कार्यालय, सितोष्ण बागबानी बिकास बिकास केन्द्र मार्फा, लिबर्ड, जिल्ला भु संरक्षण कार्यालय, मुस्ताङका प्राबिधिकहरुको सहभागिता रहेने बताइए पनि बागबानी बिकास बिकास केन्द्र मार्फा भने बिषेष कारणबस उपस्थित कुन सकेन ।

कार्याक्रकको प्रमुख आतित्यता प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले स्वागत बरिष्ट कृषि बिकास अधिकृत मेधनाथ तिमिल्सीना र कार्यक्रम सचालन कृषि बिकास कार्यालय मुस्ताङका कृषि प्रसार अधिकृत रधुबिर श्रेष्ठले गर्नु भएको थियो ।


No comments:

Post a Comment