Thursday, March 10, 2011

सबै भन्दा पुरानो विद्यालयले बैशाखमा हिरक जयन्ती मनाउने

कूल तमाङ
 फागुन २६ नुवाकोट। नुवाकोटको सबै भन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली उच्च माविले स्थापना भएको ६० बर्ष पुगेको बसरमा आगामी बैशाखमा हिरक जयन्ती मनाउने भएको  छ ।

बैशाख ९ गते मनाउने  मनाउने तयारी भएको हिरक जयन्तीको लागी मुल समिति र उपसमितिहरु गठन गरी काम थालिएको प्रधानाध्यापक महेन्द्र राउतले बताउनभुयो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष उपेन्द्र बुढाथोकीको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ । कुलबहादुर खड्गीको संयोजकत्वमा आर्थिक उपसमिति, नविन्द्रमान प्रधानको संयोजकत्वमा खेलकुद उपसमिति, गोकर्ण थपलियाको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, पदम नेपालको संयोजकत्वमा प्रकासन उप समिति, राजेन्द्र दवाडीको संयोजकत्वमा खाना खाजा उपसमिति, सोमप्रसाद पाण्डेको संयोजकत्वमा अतिथी सत्कार उपसमिति, हस्तबहादुर तामाङको संयोजकत्वमा स्वयंसेवक परिचलन उपसमिति, पुष्पराज लोहनीको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति र सचिना तामाङको संयोजकत्वमा पुरस्कार व्यवस्थापन समिति गठन भएको छ ।

कार्यक्रमको प्रमुख अतिथी ल्याउने बारे टुङ्गो लागेको छैन । हिरक जयन्तीको अबसरमा विद्यार्थी पुर्नमिलन, हिरक द्धार बनाउने, खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्ने, सम्मान गर्ने कार्यक्रम रहेको छ ।
 

No comments:

Post a Comment