महोत्तरीको खयरमारामा गत फागुन २१ गतदेखि साचालन भएको मध्यमााचल क्षेत्रिय स्तरको खुल्ला नक आउट फुटबल प्रतियोगिताको उपाधी पीएल ए दुधाली सिन्धुलीले जितेको छ । जितसँगै दुधौलीले ५० हजार नगद पुरस्कार पनि हात पारेको छ । दुधौलीको जनसेना र एफ सी इन्टरनेट क्लब मकवानपुर बीच बिहिबार भएको फाइनल खलमा निधारित समयमानिर्धारित समयमा दुवै पक्षबाट कुनैपनि गोल नभएपछि पेनाल्टी सुट आउटमा दुधौलीले इन्टरनेट मकवानपुरलाई ३-१ को गोल अन्तरले पाखा लगाएको हो । पराजय संगै उपविजेता बन्न पुगेको इन्टरनेटले २५ हजार नगद पुरस्कार र प्रमाणपत्र जितेको छ । खेलको हाइस्कोरर आयोजक खयरमारा युथ क्लबका केदार बलम्पाकी म्यान अफ दी सिरिज एफ सी इन्टरनेटका राजन विष्ट र म्यान अफ दि म्याच विजेता इन्टरनेटकै शैलेन्द्र लामालाई नगद पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता उप विजेता सबैलाई पूर्व पर्यटन मन्त्री शरदसिंह भण्डारीले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको खयरमारा युथ क्लबका कोषाध्यक्ष रहुक अन्सारीले जानकारी दिनुभयो । त्यस्तै महोत्तरीकै रामनगरबाट गएराति सशस्त्र प्रहरीले र वन कार्यलयको संयुक्त गस्ती टोलीले ३८ वटा सालको गोलिया बरामद गरेको छ । सागरनाथ वन विकास परियोजना अनर्तगत रामनगरमा रहेको कुश्माडी रेन्जपोष्टको जङगलबाट अबैध रुपमा कटानी गरी लुकाइ राखेको अवश्थामा २३ हजार मुल्य बराबरको काठ बरामद गरिएको हो । काठ तस्करहरुको बारेमा थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment