एसवी गौतम चैत ४ सिन्धुली ।
सिन्धुलीको कमलाखोँज क्षेत्रकाविद्युत उपभोक्ताहरु विद्युत महशुल तिर्दा २ सय रुपैयाँ बढी खर्च गरिरहेका छन् । विद्युतमहशुल मासिक ८० रुपैयाँ भएपनि नेपाल विद्युत प्राधिकरणले काउण्टरको व्यवस्था नगर्दायस्तो समस्या उत्पन्न भएको हो । स्थानीय काउण्टरहरु नहुँदा उनीहरु सिन्धुलीमाढीमा रहेकोनेपाल विद्युत प्राधिकरणको कार्यालयमा जाँनुपर्ने जाँदा र फर्कदा उक्त खर्च हुने गरेकोहत्पते गाविस ५ का पार्वती दाहालले वताउनुभयो । उपभोक्ता दाहालका अनुसार योसमस्याबाट कमलाखुँज क्षेत्रका हत्पते, सिर्थौली, दुधौली, लदाभिर, टाँडी, हर्षाही,निपाने र रानीबास गाविसका उपभोक्ता पीडित बनेका छन् । यी गाविसमा आठौं विद्युतआयोजना अन्तर्गत एक बर्षअघि विद्युतीकरण कार्य सम्पन्न भई उपभोक्ताहरुको घरमा बिजुलीबत्ति बलेको स्थानीय बासिन्दा बताउछन् ।उनीहरुका अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युतमहशुल बुझाउन हत्पते, सिर्थौली, दुधौली र लदाभिर गाविसका उपभोक्तालाई सदरमुकाममारहेको प्राधिकरणको कार्यालय र टाँडी, हर्षाही, निपाने र रानीबास गाविसकाउपभोक्तालाई भिमान् बथानचौडी सबस्टेशन तोक्दा यो समस्या आएको हो । ‘दुधौलीगाविसको उपभोक्ता विद्युत महशुल बुझाउन सदरमुकाम सिन्धुलीमाढी जाँदा बस भाडा मात्रै१६० रुपिया बुझाउनु पर्दछ, फर्किदा पनि त्यती नै खर्च हुने हत्पते गाविसका निबर्तमान्अध्यक्ष रामप्रसाद बराल वताउनुभयो । ‘एकातिर दिनभरिको नै समय जान्छ भने अर्कोतिरसानो कामको लागि ठूलो आर्थिकभार खेप्नु परेको वहाँको गुनासो छ ।नेपालविद्युत प्राधिकरणले गाँउमा बिजुली बितरण गरि ग्रामीण जनजीवनलाई सहज बनाउने कामगरेको भएपनि महुशल बुझाउन व्यवहारिक पक्ष मिलाउन नसकेको उहाँले बताउनुभयो ।
No comments:
Post a Comment