Saturday, March 26, 2011

ओखलढुङ्गाको नलिडाँडा सामुदायिक वनमा चार दिनदेखि आगो फैलिँदै

यम चौलागाई
 चैत १२ ओखलढुंगा।   जिल्लाको जन्तरखानी स्थित नलिडाडा सामुदायिक वन क्षेत्रमा चार दिनअघिदेखि लागेको आगो झन् झन् फैलिदै गएको छ । आगलागी भएको क्षेत्र भिरालो जग्गा रहेको र एकदमै हावाहुरी चलिरहेकाले आगो झन् झन् फैलिदै गएको हो । आगो घना जङ्ंगल भएको क्षेत्रतिर बढेकाले वडा नम्बर ९ का एक दर्जन मगर समुदायका घरहरु जोखिममा परेका छन । अहिले पनि स्थानियहरु हात हातमा पानी बोकेर आगोबाट घरहरु जोगाउन घरको छानामा बसिरहेको बताइएको छ । तत्काल आगो नियन्त्रणमा लिन नसके जनधनको ठूलो क्षति हुन सक्ने त्यहाँबाट मैदाने सेवा समितिका सदस्य केदारनाथ खतिवडाले जानकारी दिनुभयो । 

आगलागीबाट आजसम्म ११ सय ६९ हेक्टर रहेको बनको धेरैजसो क्षेत्र सखाप भइसकेको छ । आगलागीका कारण लोक्ता, अर्गेली, लोठसल्ला, रक्तचन्दन, लालीगुरास, चिराइतो, सतुवा, सल्ला लगाएतका करोडौका बहुमूल्य जडिबुटी जलेर सखाप भएका छन । जिल्लाकै सबैभन्दा ठुलो सो सामुदायिक वनमा लागेको आगो नियन्त्रणको लागी अहिलेसम्म पनि सरकारी तबरबाट केहि सहयोग नभएको भन्दै स्थानियले आक्रोस पोखेका छन् । 

आगलागी भएको स्थानमा प्रहरी जाने भौगेलिक अवस्थाका कारण सम्भाबना नरहेको प्रहरी निरीक्षक अच्युत चापागाइले बताउनुभयो । तक्काल आगो नियन्त्रण नभए सोलुखुम्बु र रामेछाप जिल्लातिर आगो बढ्न सक्ने खतरा रहेको छ ।

No comments:

Post a Comment