फागुन ७ । बंगलादेशको मिरपुरमा आज देखी आर्इसीसी बिश्वकप क्रिकेट प्रतियोगिताको शुभारम्भ हुदैछ। नेपाली समय अनुसार २.१५ बजे दुर्इ आयोजक राष्ट्रहरू भारत तथा बंगलादेश एक आपसमा भिड्दैछन। आजको खेलमा शक्तिसाली भारतमाथी थप दवाव रहनेछ। आजहुने खेलको पिचले स्पिनरहरूलार्इ मध्दत पुर्याउने खालको हुने बिश्वास गरिएको छ।
यस भन्दा पहिले मार्च १७, २००७ मा वेष्ट इण्डिजमा भएको बिश्व कप क्रिकेट प्रतियोगिताको समुह चरणको खेलमा बंगलादेशले भारतलार्इ ५ विकेटले पराजित गरेको थियो। उक्त खेलमा बंगलादेशका लागी मुर्तजाले ४, रज्जाकले ३ र रफिकले ३ विकेट लिदै भारतलार्इ ४९.३ ओभरमा १९१ रनमा अल आउट गरेको थियो। पछी बंगलादेशले सो लक्ष्य ४८.३ ओभरमा ५ विकेट गुमाएर पार गरेको थियो।
बंगलादेशको तर्फबाट तमिम इकबाल, सफिकर रहिम र हालका कप्तान शकिबुल हुसेनले अर्धशतक प्रहार गरेका थिए। यसबाट भारतलार्इ थप दवाब रहनेछ।
No comments:
Post a Comment