Saturday, February 12, 2011

जनजागृती सामुदायीक वन उपभोक्ता समिति तान्द्राङको सातौँ वार्षीक साधारणसभा सम्पन्न

माघ २९ गोरखा ।जनजागृती सामुदायीक वन उपभोक्ता समिति तान्द्राङ  ३ र ४ को सातौँ वार्षीक साधारणसभा आज तान्द्राङमा सम्पन्न भएको छ । वन समितिका अध्यक्ष गिरीराज भट्टको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्कृत उच्च माध्यमिका विद्यालय तान्द्रङका व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर लामीछानेको प्रमुख आतिथ्य रहेको थियो ।

समितिका सह–सचिव उदयानन्द सुवेदीले स्वागत मन्तव्य राख्नु भएको साधारणसभामा सचिव बालकृष्ण दहालले वार्षीक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामीछानेले वनको क्षमताले भ्याए सम्म उपभोक्तालाई वन पैदावार सरल किसिमले उपलब्ध गराउनु पर्ने बताउनु भयो । वनको अतिक्रमण बढिरहेको समयमा अतिक्रमण गर्नेहरुलाई तत्काल कारवाइ गर्नुपर्ने उहाँको भनाई थियो । वन समितिको रकम तरल अवस्थामा राख्दा अनियमितता हुनसक्ने भएकाले बैङ्कमा जम्मा गर्न उहाँले समितिलाई सुझाव दिनुभएको छ ।

सो अवसरमा स्थानीय ८७ वर्षीय वयो बृद्ध भिमकान्त सुवेदी लाई दोसल्ला ओडाएर सम्मान गरिनुका साथै ५ जना टोल संयोजकलाई सम्मान पत्र र तीन जना अनाथ असहाय लाई नगद सहयोग गरिएको थियो ।

No comments:

Post a Comment