Friday, February 11, 2011

मन्त्रिमण्डलले यथाशीघ्र पूर्णता पाउने: प्रधानमन्त्री


माघ  २८ काठमाडौ। प्रधानमन्त्री झलनाथ खनालले माओवादीले सरकारमा नजाने निर्णय गरेको आफूलाई थाहा नभएको बताउनुभएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसका अवसारमा राजधानीमा आयोजित कार्यक्रमपछि पत्रकाहरुसाग कुरा गर्दै प्रधानमन्त्री खनालले आफू नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकार बन्ने दावी पनि गर्नुभयो ।

उहाँले माओवादीले सरकारमा नजाने निर्णय गरेको कुरा आफूलाई थाहा नभएको र मन्त्रिमण्डलले यथाशीघ्र पूर्णता पाउने बताउनुभयो । उहाँले माओवादीले सरकारमा नजाने निर्णय गरेको कुरा आफुलाई थाहानभएको र यो सरकार सहमतिको सरकार बन्दै जाने प्रतिक्रिया दिनुभयो । सात बुँदे सहमति कार्यान्वयन र मन्त्रालय बाँडफाँडमा सहमति नभएपछि माओवादीले बिहीबार मात्र सरकारमा नजाने र बाहिरबाटै समर्थन गर्ने बताएको थियो ।

प्रधानमन्त्री खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चाँडै पूर्णता दिइने बताउनुभयो । उहाँले राजनीतिक दलहरु समेतको सहमति जुटाएर आयोगलगायतका संवैधानिकअंगमा रिक्त रहेका पदलाई सरकारले पूर्णता प्रदान गर्ने बताउनुभयो ।

No comments:

Post a Comment