Thursday, January 20, 2011

महेन्द्रनगरस्थित विज्ञान क्याम्पस स्ववियुद्वारा अनिश्चितकालीन बन्द आब्हान


बिपी अनमोल, महाकाली एफ.एम.

स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद बढेपछि महेन्द्रनगरस्थित सिद्वनाथ विज्ञान क्याम्पस बुधवार देखी अनिश्चितकालका लागी बन्द भएको छ । विज्ञान क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले भर्नाको विषयलाई लिएर क्याम्पस प्रमुख डा. भवानी चन्द ठकुरीले स्ववियु सभापति रोहित बहादुर चन्दमाथि हातपात गरेको आरोप लगाउँदै क्याम्पस अनिश्चितकालीन बन्द गराएको हो । क्याम्पस प्रमुख चन्दले भने स्ववियुले आफ्नो कार्यकक्षमा विद्यार्थीहरुको हुल ल्याएर जबरजस्ती तालाबन्दी गर्न खोज्दा उल्टै आफुमाथि धक्कामुक्का भएको बताउनुभएको छ । स्नातक तह प्रथम वर्ष अन्तरगत भौतिक विज्ञान समुहमा अतिरिक्त भर्ना लिनुपर्ने स्ववीयुको अडान र भौतिक विज्ञान समुहमा भर्ना लिन नसकिने क्याम्पस प्रमुखको अडानपछि क्याम्पसमा विवाद शुरु भएको हो । स्ववियुले क्याम्पस प्रशासनले भरखरै कक्षा ११ को परिक्षा उर्तिण गरेका विद्यार्थीहरुलाई समेत भर्ना लिएर पढ्न दिनुपर्ने अडान लिएको छ । उता क्याम्पस प्रमुख चन्दले जिव विज्ञान समुहमा मात्रै भर्ना गर्न सकिने अवस्था रहेको जानकारी हुँदा हुदै पनि स्ववीयुले जबरजस्ती भौतिक विज्ञान समुहमा अतिरिक्त कक्षाहरु सञ्चालन गर्नुपर्ने अडान राखेको बताउनुभयो ।

No comments:

Post a Comment