Tuesday, April 17, 2012

चपली हाइट हिन्दीमा पनि

काठमाडौ, वैशाख ५ - 'चपली हाइट' अब भारतीय टेलिभिजन च्यानलमा हिन्दीमा प्रसारण हुनेछ । निर्माता अर्जुनकुमारले भारतको एउटा कम्पनीलाई स्टार गोल्डमा प्रसारण अधिकार दिएर यो फिल्म २० लाख रुपैयाँमा बेचेका छन् । 'सम्झौता पत्रमा हस्ताक्षर बाँकी नै भएकोले उताको कम्पनीलाई अहिले गोप्य नै राखिएको छ,' उनले भने, 'सम्झौताका लागि केही दिनमै उनीहरू आउँदै छन् । एड्भान्स भने लिइसकिएको छ ।'
सम्झौता पक्का भएपछि 'चपली हाइट' को हिन्दी भाषामै डबिङ, मिक्सिङ र गीतहरू पुनः रेकर्ड गराउने खर्च भने निर्माताले नै बेहोर्नुपर्नेछ । 'पैसा त खासै हात नपर्ला तर नेपाली फिल्म पनि हिन्दी टेलिभिजनमा आउनु ठूलो कुरा ठानेर बेचेका हौं,' अर्जुनकुमारले भने । पुनरुत्पादनका लागि झन्डै १३ लाख रुपैयाँ खर्च हुने उनको अनुमान छ । फिल्मको लम्बाइ र कथामा परिवर्तन नगरिने गरी स्टार गोल्डमा मात्रै प्रसारण गर्न भारतीय वितरक सहमत भएका छन् । 'लुट' ले पनि भारतीय टेलिभिजनमा प्रसारण अधिकारका लागि स्वामित्व बिक्री गर्न लागेको बताइएको छ ।
झन्डै १५ लाखमा बनेको 'चपली हाइट' ले स्वदेशमा गतिलो व्यापार गरिरहेको छ । यही अपि्रल २२ मा अस्ट्रे्रलियामा समेत फिल्म प्रदर्शन हुन लागेको फिल्ममा विनीता बराल, आमिर गौतम र राज घिमिरेको अभिनय रहेको छ ।

No comments:

Post a Comment