Tuesday, April 17, 2012

चौथो दिनसम्ममा अवकाश रोज्नेको सङ्ख्या पाँच हजार ८०


काठमाण्डौ,वैशाख ५ । 
पुनर्वर्गीकरणको काम सुरु भएको चौथो दिनसम्ममा स्वेच्छिक अवकाश रोज्ने लडाकुको सङ्ख्या पाँच हजार चार सय ८० पुगेको छ । विभिन्न शिविरमा गरेर समयोजन रोज्ने लडाकुहरुको सङ्ख्या चार हजार दुई सय २५ छ । पुनर्वर्गीकरणको काम नसकिएकोले समायोजनमा जाने लडाकुको सङ्ख्या अझ घट्ने लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समिति मातहतको सचिवालयले जनाएको छ । 

आज दिनभरमा ७ ओटै लडाकुका मुख्य शिविरमा पुनर्वर्गीकरणको कामसक्ने तयारी भएको सचिवालय संयोजक बालानन्द शर्माले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको लडाकु शिविरमा बाहेक अन्य शिविरमा पुनवर्गीकरणको काम प्राय सकिएको छ । प्राविधिक समस्याका कारण केही शिविरमा थोरै लडाकुको पुनर्वर्गीकरणको काम बाँकी रहेको र आजै टुङ्गो लगाउने प्रयास भइरहेको पनि संयोजक शर्माले बताउनुभयो । कैलालीको सातौँ डिभिजनमा पुनर्वर्गीकरणको काम सकिए आजै समायोजन रोजेका लडाकु र हतियार नेपाली सेनाको जिम्मा लगाउने तयारी भएको छ ।

No comments:

Post a Comment