Monday, April 11, 2011

तामाङ समुदायमा रहेका विद्यालयका शिक्षकहरुलाई मातृभाषा र संभोटा लिपी सम्वन्धि तालिम

राजकुमार लामिछाने 
 चैत २८ नुवाकोट। नुवाकोट र रसुवाका तामाङ समुदायमा रहेका विद्यालयका शिक्षकहरुलाई तामाङ मातृभाषा र संभोटा लिपी सम्वन्धि पाँच दिने तालिम त्रिशूलीमा सुरु भएको छ ।

शैक्षिक तालिम केन्द्र त्रिशूलीमा आयोजित तालिममा रसुवा र नुवाकोटका ३५ जना शिक्षकशिक्षिकाहरु समावेश छन् । तालिम उद्घाटन कार्यक्रममा तालिम केन्द्रका संयोजक शंकर कार्की संभोटा लिपिविद िसंहबहादुर योाजन जिल्ला शिक्षा कार्यालयका धु्रवबहादुर थापा स्रोतव्यक्ति धु्रव डोटेललगायतले सरकारी सुविधाको सदुपयोग हुनुपर्ने बताउनुभयो ।

तामाङ भाषाको विकास र प्रवर्धनका लागि तामाङ भाषा लिपि परिचालन समिति नुवाकोटको सहयोगमा विभिन्न विद्यालयमा तामाङ शिक्षाको पढाइ हुँदै समितिका अध्यक्ष धनबहादुर तामाङले बताउनुभयो ।

No comments:

Post a Comment