Monday, April 11, 2011

नेपाल उद्योग वाणिज्य महासङ्घको ४५ साधारणसभा आजदेखि काठमाडौंमा सुरु।

२८ चैत, काठमाण्डौं ।नेपाल उद्योग वाणिज्य महासङ्घको ४५ साधारणसभा आजदेखि काठमाडौंमा सुरु हुँदै छ । निजी क्षेत्रको प्रतिनिधि संस्था महासङ्घको साधारणसभाको प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुहुनेछ । महासङ्घको ६१ सदस्यीय नयाँ नेतृत्व चयनका लागि पसर्ि चुनाव हुने कार्यक्रम छ । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा आजाद श्रेष्ठ र सुरज वैद्यले उम्मेद्वारी दिनुभएको छ । दुवै पक्षले आ-आफ्ना प्यानल खडा गरेर चुनावी प्रतिस्र्धामा उत्रिएका छन् । यसगरी उपाध्यक्ष पदका लागि भने आजाद प्यानलबाट कृष्णप्रसाद ताम्राकार प्रदीपजंग पाण्डे प्रदीपमान वैद्य र निरक केसीले उम्मेद्वारी दिनुभएको छ भने सुरज प्यानलबाट भाष्करराज राजकर्णिकार किरण शाख पशुपति मुरारका र भवानी राणा हुनुहुन्छ ।

No comments:

Post a Comment