Monday, April 11, 2011

बिस्केट जात्राको पहिलो दिन रथ तानातान गर्दा चक्का फुस्कियो

 चैत  २८ भक्तपुर । आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन आइतबार रथ तानातान गर्दा चक्का फुस्किएको छ । चक्का फुस्किएपछि निश्चित ठाउँसम्म पनि रथ पुर् याउन सकिएको छैन । तौमढी टोलको पाँचतल्ले मन्दिरबाट रथ तान्न सुरु भएको थियो ।

 तल्लो र माथिल्लो टोलबीच तानातान हुँदा माथिल्लो टोल दत्तात्रयतर्फ रथ लैजान सफल भएको थियो । रथ लैजाने क्रममा नेमकिपाको पार्टी कार्यालय नजिक इनोचोमा रथको पाङ्ग्रा फुस्किएपछि थन्किएको छ । पाँचतल्लेबाट लगिएको रथ दत्तात्रय पुर् याएर पुनः गःबहालमा ल्याएर राख्नुपर्ने हुन्छ ।यसैबीच नववर्षको चार दिन अगाडिदेखि सुरु हुने बिस्केटजात्राको दोस्रो दिन आज मूल देवता बेताल र भैरवनाथलाई बलि चढाइँदैछ । भद्रकाली रथलाई गःहिटीस्थित खँलाटोलमा अजिमा द्योछें भद्रकाली देवघर मा पुर् याई भैरव नाइके र चगुठीद्वारा बलीपूजा गर्ने परम्परा छ । 

उक्त बलिपूजाको मासु प्रसादका रुपमा बाँडिन्छ ।आइतबार भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्केटजात्रा सुरु गरिएको थियो ।

No comments:

Post a Comment