Monday, April 11, 2011

प्रधानमन्त्री झलनाथ खनालद्धारा मन्त्रीमन्डल विस्तार गर्दै


 चैत २८ काठमाण्डौं ।प्रधानमन्त्री झलनाथ खनालले आज आफ्नै पार्टीका तर्फबाट मात्रै केही नयाँ मन्त्रीहरु थप गरी मन्त्रीमन्डल विस्तार गर्दै हुनुहुन्छ । एकीकृत नेकपा माओवादीले तत्काल थप मन्त्री हुनेको नामावली बुझाउने सम्भावन नदेखिएपछि प्रधानमन्त्रीले आज सानै आकारको भए पनि मन्त्रीमण्डल विस्तार गर्न लाग्नुभएको प्र्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । 

नेकपा एमालेका तर्फबाट गोकर्ण विष्ट उर्मिला अर्याल रघुवीर महासेठ भानुभक्त जैसी र युवराज कार्की वा नरेश खरेलमध्ये एकजना मन्त्री हुने पक्का भएको छ । एमालेका तर्फबाट थपिने मन्त्रीहरुलाई प्रधानमन्त्रीले आजै सपथ गराउनुहुने छ । सत्ता गठबन्धनमा एमालेलाई ८ मन्त्रालय दिने सहमति भएको थियो । 

गएको माघ २० गते प्रधानमन्त्री चयन भए पनि सरकारले अझै पनि पूर्णआकार भने पाउने सकेको छैन ।

No comments:

Post a Comment