Monday, April 11, 2011

आठौं फेवा नव वर्ष महोत्सव आजदेखि पोखरामा


कस्तुप देबकोटा 
 चैत्र २८ गोरखा ।  पर्यटकिय नगरी पोखरामा आजदेखि आठौ फेवा नब बर्ष महोत्सब सुरु हुदैछ । पश्चिमाचल होटल संघ पोखराले बिगत ७ बर्षदेखि प्रत्येक नेपाली नया बर्षको अबसरमा आयोजना गर्दै आएको फेवा नबबर्ष महोत्सबको आठौ संस्करण आजदेखि सुरु हुन लागेको हो ।

 आगामी वैशाख २ गतेसम्म पोखराको बसुन्धरा पार्कमा हुने महोत्सवमा १७ वटा अन्तर्राष्ट्रिय खानाका स्टल पर्यटन सम्बन्धि १५ हस्तकला ७ र अन्य गरी कुल ७२ स्टल रहने महोत्सव संयोजक एबं पश्चिमााचल होटल संघका अध्यक्ष बिप्लप पौड्यलले जानकारी दिनुभयो । महोत्सबमा विभिन्न जिल्लाका होटल संघ र होमस्टेबारे जानकारीको साथमा पश्चिमााचल क्षेत्रको पर्यटकीय तथ्यांक संकलन गर्ने उद्धेश्य पनि रहेको महोत्सव प्रचारप्रसार संयोजक बिकल तुलाचनले जानकारी दिनुभयो । महोत्सबमा जिल्ला स्तरिय पंचेवाजा प्रतियोगिता लोकदोहोरी प्रतियोगिताको साथमा ख्यातीप्राप्त कलाकारको प्रस्तुती हाँस्यव्यंग्य पश्चिमााचल क्षेत्रको आकर्षण र पर्यटकीय गतिविधि समेटेको वृत्तचित्र प्रस्तुती बालउद्यान लगायत रहेको छ । महोत्सव सम्पन्न गर्न करिव ३६ लाख खर्च हुने र ३८ लाख पचास हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

 ३५ रुपैयाँ टिकट दर कायम गरिएकोमा प्रत्येक टिकटको पाँच रुपैया फेवा ताल संरक्षणमा छुट्याइएको संघको निबर्तमान अध्यक्ष गोबिन्दराज पहारीले जानकारी दिनुभयो । महोत्सवमा करिब २ लाख दर्शकले अबलोकन गर्ने लक्ष्य राखिएको छ ।

No comments:

Post a Comment