Monday, April 11, 2011

संविधानसभा विघटन गर्ने कसरत हुँदैछ: भट्टराई

चैत २८ धादिङ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले संबिधान नबनाई संबिधानसभा विघटन गर्ने कसरत भइरहेको बताउनु भएको छ । अचने उच्च माध्यमिक विद्यालय त्रिपुरेश्वर ३ खहरे धादिङको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बोल्दै भट्टराईले संबिधान नबनाई संबिधानसभा विघटन गर्ने हरकत आफूहरुलाई मान्य नहुने चेतावनी दिनुभयो । 

संबिधानसभा विघटन गरिए देश दुर्घटनामा फस्ने भन्दै उहाँले यसको जिम्वेबारी कसले लिन्छ भनेर प्रश्न गर्नुभयो । पछिल्लो समयमा देशलाई प्रतिगमन तर्फ धकेल्ने प्रयत्न भइरहेको उहाँको भनाई थियो । संघियता, गणतन्त्र, धर्म निरपेक्षता र संबिधानसभा माओवादीको एजेन्डा भएकाले माओवादीकै नेतृत्वमा यी प्रक्रिया पुरा हुनुपर्नेमा अन्यदलले त्यसो हुन नदिएको उहाँको भनाइ थियो। 

शान्ति र संबिधान भन्दा ठूलो कुरा केहि नभएको बताउनु भएका भट्टराईले संबिधानसभाबाट जनताले चाहेजस्तो संबिधान जारी गर्नुपर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भट्टराईले अहिलेको सरकारको मुख्य जिम्वेवारी शान्ति र संबिधान भएपनि सरकारले त्यस दिशामा केहि प्रगति गर्न नसकेको बताउनु भयो । गठन भएको दुई महिना बितिसक्दा पनि सरकारले पूर्णता नपाएको भन्दै उहाँले सरकारले जनताको पक्षमा केहि गर्न नसकेको दावी गर्नुभयो । आफू अर्थमन्त्री हुँदा शान्ति प्रक्रिया संगै आर्थीक

क्रान्तिलाई पनि अघि बढाउने प्रयास गरेको स्मरण गर्दै पूर्व अर्थमन्त्री भट्टराइले आफ्नो पार्टीले राजनीतिक र आर्थीक क्रान्तिलाई संग–संगै अघि बढाउन चाहेको बताउनु भएको छ ।

No comments:

Post a Comment