Sunday, April 3, 2011


बिजुली बत्ती बाल्न पाएपछि स्थानिय रमाए

यम चौलागाई
सिन्धुली
चैत २०
मुलुकले दैनिक १४ घन्टा लोड सेडिङको मार खेपिरहेको बेला सिन्धुलीको
लाम्पान्टार गाविसको वडा नं १,४,५, र आम्वोटेको वडा नं ६ का स्थानिय
वासीहरु अहिले विजुली बत्तीको उज्यालोमा रमाएका छन् । स्थानिय कन्याखो
ला लघुजलविद्युत आयोजनाबाट साढे १२ किलोवाट क्षमताको विद्युत उत्पादन
गरी बिजुली बत्ती बाल्न पाएपछि उनीहरु बत्तीको उज्यालोमा रमाउन
पाएका हुन् । २०६४ सालबाट निर्माण कार्य शुरु गरि २०६७ जेठमा निर्माण
कार्य सम्पन्न भएपछि अहिले त्यस क्षेत्रका १५० घरपरिवारले बिजुलीबत्ती बाले
को उपभोक्ता समितीका अध्यक्ष अर्जुन बहादुर तामाङ्गले बताउनु भयो ।
उक्त आयोजना लाम्पान्टार गाविसको ८ लाख ,आम्वोटे गाविसको पैसठी हजार
,जिल्ला विकास समितीको ६ लाख पच्चिस हजार, संसदिय विकास कोषको एक लाख,
देउसी भैलोबाट संकलन भएको सत्तरी हजार ,जनश्रमदान मार्फत २४ लाख
पचास हजार प्रत्येक घरबाट चार हजार नगद संकलन बाट जम्मा भएको पाँच
लाख साठी हजार, वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्र धुलिखेलबाट पाँच लाख ६२
हजार पाँच सय गरी जम्मा ६४ लाख ३२ हजार पाँच सयको लागत मा उक्त
आयोजनाको निर्माण गरिएको पनि अध्यक्ष तामाङ्गको भनाई छ ।
दैनिक साँझ ६ बजेदेखि बिहान ६ बजे सम्म गरी प्रत्यक घरमा एक देखि चार
ओटा बत्ती बाल्ने गरेको र एक बत्ती वापत मासिक १० रुपैया महशुल तिर्ने गर
ेको स्थानीय उपभोक्ता को भनाई छ । १५० घरपरिवारले तिरेको महशुलबाट
मासिक ६ हजार जम्मा हुने गरेको तथा उक्त महशुल खातामा जम्मा गर्ने गरि
एको र एक प्राविधिक राखीएको पनि उनीहरुको भनाई छ ।
गाऊमा अहिले बिजुली बत्ती बल्ने भएपछि स्थानियवासीहरु आय आर्जनमा
वृद्धी गर्ने उद्धेश्यले विभिन्न किसिमका घरेलु उद्योगहरु संचालन गर्ने तयार
ीमा रहेको पनि बताइएको छ ।
उक्त लघु जलविद्युत आयोजनाका सिन्धुलीमा रहेको उज्यालो नेपाल

नामक संस्थाको सहयोगमा जिल्लामा रहेका राजनितिक दल पत्रकार लगायतले
अनुगमन समेत समेत गरेका छन् ।

No comments:

Post a Comment