चैत १९ पर्वत । राजीनामा दिनु भएका अर्थमन्त्रालयका सचिव रामेश्वर खनालले कसैको दबाबमा परेर नभइ भ्रष्टाचार नियन्त्रणको कार्य निरुत्साहित हुन नसकेपछि राजीनामा दिएको बताउनु भएको छ ।
पर्वत जिल्लामा स्थानिय साचारकर्मीहरुसंग कुरागर्दै सचिव खनालले आफु अब त्यही पदमा फर्केर काम नगर्ने बताउनु भयो । सचिव पदमा बसेर काम गर्नु भन्दा बाहिर बसेर समाज सेवा गर्दा उपयुक्त हुने ठहर गरी राजीनामा दिएको बताउनु भयो। अर्थमन्त्री भरतमोहन अधिकारीसंग कुनै दोष र रिसराग नभएको बताउनु भएका खनालले एक बर्ष अघिदेखिनै राजीनामा दिने मनस्थिति बनाएको भएपनि अहिले आएर दिएको बताउनुभएको छ ।
मन्त्रालयमा फर्किएर नजाने उल्लेख गर्नुभएका सचिव खनालले सकेसम्म आफु अध्ययन अध्यापनको क्षेत्रमा लाग्ने संकेत गर्नुभएको छ ।
चैत्र मसान्त सम्मका लागि विदा लिएर राजीनामा दिएको समेत सचिव खनालले बताउनुभयो ।

No comments:
Post a Comment