Thursday, March 10, 2011

रुकुमका पर्यटकीय स्थलहरुको अध्ययन गरिने

ज्ञानु गौतम
 फागुन २६ रुकुम। रुकुम जिल्लामा रहेका पर्यटकिय स्थलहरुको अध्ययन गरिने भएको छ । सन २०११ लाई पर्यटन बर्षको रुपमा मनाई रहदा भौगोगीक बिकटतामा रहेको रुकुम जिल्लामा रहेका ऐतिहासिक पर्यटकिय स्थलहरु ओझेलमा परेको भन्दै अध्ययन शुरु गर्ने भएको हो ।

जिल्लामा रहेका पर्यटकिय क्षेत्रहरुको सम्भावना बारे चर्चा गरिएको थियो । जिल्लाका स्यार्पु ताल, कमल दह सिस्ने हिमाल, पुथा हिमाल, ढोरपाटन, डिग्रे मन्दिर, देउराली गुफा लगायतका पर्यटकिय स्थलहरु ओझेलमा परेकोले अध्ययन गरी प्रचारप्रसारको लागी पर्यटक भित्राउन शुरु गरिएको छ ।

नेपाल पर्यटन वोर्ड काठमाण्डौको आर्थिक सहयोग र गतिशील यूवा समाज नेपाल रुकुमको आयोजना रुकुम सदरमुकाममा आयोजित अन्र्तक्रिया कार्यक्रममा पर्यटन विकासको माध्यमवाट समग्र जिल्लाका नागरिकहरुको जीवनस्तर उठाउन सकिने सरोकारालाले बताएका छन् । जिल्लामा रहेका बिभिन्न पर्यटकीय स्थलहरुको अध्ययनको लागि द्धन्दको समयमा माओवादी तथा सरकार पक्षबाट क्षतिग्रस्त भएका भौतिक संरचनाहरुकोसमेत अध्ययन गरिने भएको छ ।

 जिल्लामा रहेका बिभिन्न सास्कतिक सम्पदा पर्यटकिय स्थलको अध्ययनमा जिल्लाका पत्रकारहररुको टोली बिभिन्न क्षेत्रमा जाने कार्यक्रमा बताइएको छ ।

No comments:

Post a Comment