कुल तामाङ फागुन २४ रसुवा ।
रसुवाका दक्षिणी ८ गाविसका स्थानीयवासीहरूले कालिकास्थान क्षेत्रमा सुख्खा बन्दरगाह बनाउन माग गरेका छन् । कालिकास्थानमा स्थानीय सर्वदलीय समिति, गाविस, र स्थानीयवासी हरूको भेलाले बन्दरगाह बनाउन मागगरेका हुन् । कालिकास्थान क्षेत्रसुख्दा बन्दरगाहको लागि उपयुक्त रहेकोले बन्दरगाहको माग गरिएको स्थानीयवासीको भनाई छ । राजधानीसँग रसुवालाई जोड्ने मार्ग निर्माण भएको २५ वर्ष पछि रसुवागढी नाका खुल्दै छ । यस बेला पासाङल्हामु राजमार्ग कालोपत्रे पनि हुन लागेपछि थानीयवासी उत्साहित भएका छन् । रसुवागढी नाका खुल्न लागेको बेला कालिकास्थानमा सुख्खा बन्दरगाह बन्न सके चीन र भारतसँग व्यापारिक सम्बन्ध विस्तार गर्न सकिने स्थानीयवासीहरूको दावी छ । सुख्खा बन्दरगाह निर्माणका लागि १ सय रोपनी जग्गा दिने तयारीमा रहेका स्थानीय वासिन्दाले बन्दरगाह बनाउन सिफारिसका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको धैबुङ्ग गाविसका सचिव टिकमबहादुर शाहीले बताए । रसुवागढी नाकामा बन्न लागेको सुख्खा बन्दरगाह भन्दा कालिकास्थानमा बढी पूर्वाधार रहेको स्थानीयबासीनवराज न्यौपानेले बताउनुभयो ।
No comments:
Post a Comment