Thursday, March 24, 2011

आर्इसीसी बिश्वकप क्रिकेट क्वाटरफार्इनलमा पाकिस्तानको जित

चैत ९ बङलादेश। बंगलादेशमा जारी  आर्इसीसी बिश्वकप क्रिकेट प्रतियोगिताको क्वाटरफार्इनल खेलमा पाकिस्तानले वेष्ट इण्डिजलार्इ १० विकेटले पराजित गरेको थियो। आजको खेलमा पाकिस्तानी स्पिनरहरूको अगाडी वेष्ट इण्डिजको टोली धरासायी भएको थियो। 

टस जीतेर पहिला व्याटिगं गरेको वेष्ट इण्डिजको टोली ४३।३ ओभरमा ११२ रन मात्र बनार्इ अल आउट भएको थियो। वेष्ट इण्डिजको तर्फबाट चन्द्रपाउलले नट आउट रहदै ४४ रन, राम नरेश श्रवणले २४ रन तथा केमार रोचले १६ रन बनाएका थिए। पाकिस्तानको तर्फबाट अफ्रिदीले ९।३ ओभरमा १ मेडेन राख्दै ३० रन दिएर ४ विकेट, हफिजले १० ओभरमा ३ मेडेन राख्दै १६ रन दिएर २ विकेट, सइद अजमलले ८ ओभरमा १ मेडेन राख्दै १८ रन दिएर २ विकेट, गुलले ७ ओभरमा १ मेडेन राख्दै १३ रन दिएर १ विकेट तथा रज्जाकले ३ ओभरमा १ मेडेन राख्दै ४ रन दिएर १ विकेट लिएका थिए।

११३ रनको सानो लक्ष्य पछ्याएको पाकिस्तानले उक्त लक्ष्य २०।५ ओभरमा बिना कुनै विकेट गुमाएर पार गरेको थियो। पाकिस्तानको तर्फबाट हफिजले नट आउट रहदै ६१ रन तथा कमरान अकमलले पनि नट आउट रहदै ४७ रन बनाएका थिए। 


No comments:

Post a Comment