Monday, February 7, 2011

गृह सहित पन्ध्र मन्त्रालय माओवादीले पाउनु पर्ने:पोष्टबहादुर बोगटी

कूल तामाङ्
माघ २४ नुवाकोट। एकिकृत नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक पोष्टबहादुर बोगटीले
गृह सहित पन्ध्र मन्त्रालय माओवादीले पाउनु पर्ने बताउनु भएको छ । एमालेलाई सहयोग गर्दा यति नै मन्त्रालय भनेर सहमति नभए पनि प्रतिशतको हिसावले पनि १५ मन्त्रालय पाउनु पर्ने माओवादीको दाबी रहेको स्पष्ट पार्नु भएको हो ।

सोमबार बट्टारमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा बोल्दै माओवादी सचिव समेत रहेका नेता बागटीले सरकारमा जहिले आए पनि कांग्रेसलाई ढोका खुला रहेको बताउदै कांग्रेसको भागमा मन्त्रालय समेत खाली राखिदिन माओवादी तयार रहेकोले सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाले अहिलेको एमाले र माओवादी गठबन्धन अप्राकृतिक नभएको उल्लेख गर्दै कांग्रेस शान्ति र संविधान निर्माणमा बाधक बन्न नहुने बताउनुभयो । मुलुकले समयमा शान्ति र संविधान पाउनु पर्नेमा माओवादी पनि सचेत रहेकोले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र संविधान लेख्नको लागी माओवादी अझै लचक बन्न तयार रहेको नेता बोगटीको धारणा रहेको छ ।

No comments:

Post a Comment