फागुन १३ तनहुँ । “आर्थिक सामाजिक खेलकुदको विकास र पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला सीप र सांस्कृतिक संरक्षण” भन्ने मूलनाराका साथ २२ गतेसम्म संचालन हुने तेस्रो खैरेनीटार महोत्सव २०६७ शुक्रबारबाट सुरु भएको छ ।
महोत्सवको पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले एक समारोहका विच उद्घाटन गर्नुभयो ।तनहुँ उद्योग वाणिज्य सङघ, खैरेनीटार बजार ईकाई समिति र खैरेनीटार गाविसको संयुक्त आयोजनामा सञ्चालन गरिएको महोत्सवको पहिलो दिन आज विभिन्न आदिवासी जनजातीका सस्कृती लाई दर्शाउने भेषभुषा नाच गान एवं झाँकीहरुका साथै तनहुँको मौलीक सस्कृती को रुपमा प्रचलित कौडा गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।
यस्तै महोत्सवको अर्को आर्कषणको रुपमा आदिवासी जनजाती कुमाल समुदायको रहनसहन, रितिरिवाज एवं जीवनशैली झल्कने नमुना घर पनि रहेको छ । महोत्सवका क्रममा पर्यटकिय एवं सांस्कृतिक महत्व बोकेको दगाम गाँउ ,ढोरवाराही मन्दिर ,तिनखोले देवीको मन्दिर लगायतको भ्रमण तथा नेपालमै सबैभन्दा सुरक्षित मानिएको जलविहारका लागि आकर्षक प्याकेज को कार्यक्रम राखिएको छ ।
महोत्सवमा विभिन्न खाना, कृषि उत्पादन,अटो,सूचना केन्द्र, प्राथमिक उपचार ,विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री ,घरेलु तथा हस्तकला उत्पादन, सेवामूलक संस्थाका प्रदशनी कक्ष र अन्य गरि १ सय ३० स्टल रहेका छन।खैेरेनीटार ९ दोभान निवासी कृष्णबहादुर रेग्मीले बनाउनुभएको एउटा गोरुले जोत्नमिल्ने हलो पनि महोत्सवमा प्रर्दशनीमा राखिएको छ । हिजोदेखि सुरु भएको महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र २ करोडको कारोवार हुने आयोजकको अनुमान रहेको छ ।
No comments:
Post a Comment